कात्तिक १ गते २०८३ || October 17, 2026

नारायणगढ–मुग्लिन सडक फेरि बन्द


पिपल अनलाइन
आइतबार, असार १७ २०८००७:१०

नारायणगढ–मुग्लिन सडक फेरि बन्द

 काठमाडौँ - नारायणगढ–मुग्लिन सडक पुनः बन्द भएको छ । शनिबार बेलुका तुइनखोला पुल नजिकै र नाम्सीमा पहिरो पन्छाएर सडक सुचारु गरिए पनि तुइनखोला पुल नजिकै शनिबार राति ११ बजे पुनः पहिरो झरेर सडक पुरिएको हो ।

ट्राफिक प्रहरीले पहिरो पन्छाउने तयारी भइरहेको जनाएको छ । सडक कतिबेला खुल्छ भन्ने निश्चित नभएकोले सडक खुल्ने यकिन नभई यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।


  • सम्बन्धित विषय:

  • # नारायणगढ–मुग्लिन सडक फेरि बन्द
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend