कात्तिक १ गते २०८३ || October 17, 2026

३३ अर्बको चामल आयात


पिपल अनलाइन
आइतबार, असार १७ २०८००८:२७

३३ अर्बको चामल आयात

काठमाण्डौँ - सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे १३ अर्बको धान तथा चामल आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि जेठ मसान्तसम्म ३३ अर्ब ६३ करोड ४७ लाख ९२ हजार रूपैयाँको धान तथा चामल आयात भएको हो ।

किसानलाई उन्नत जातको धानको बिउ, आवश्यक परेका बेला रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार आदिको व्यवस्था गर्न नसक्दा धान उत्पादन वृद्धि हुन सकेको छैन । धानको उत्पादन र उत्पादकत्व घट्टा र उपभोग बढ्दा नेपालले चामलमा विदेशको भर पर्नुपरेको हो ।

धानको उत्पादन बढाउन नसक्दा चामल आयात भइरहेको पूर्वकृषि सचिव योगेन्द्रबहादुर कार्कीले बताए। धान उत्पादन बढाउन किसानलाई आवश्यक बिउ, सिँचाइदेखि रासायनिक मलको उपलब्धता सहज हुन सकेको छैन, सचिव कार्कीले भने, आयात प्रतिस्थापन गर्न धानको उत्पादन र उत्पादकत्व बढाउनुपर्छ ।

सरकारले शुक्रबार जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ २०औं धान दिवस मनाउँदैछ । हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस मनाउँदै आएपछि मुलुक चामलमा परनिर्भर छ। यो समाचार नागरिक दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # ३३ अर्बको चामल आयात
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend