असोज ३० गते २०८३ || October 16, 2026

'ओलीसँग पार्टी ब्रेक हुनु दुःखद्' : प्रधानमन्त्री दाहाल


पिपल अनलाइन
आइतबार, असार १७ २०८०११:५७

'ओलीसँग पार्टी ब्रेक हुनु दुःखद्' : प्रधानमन्त्री दाहाल

भक्तपुर -  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको नयाँं यात्रा तय गर्न सवैसँंग आग्रह गरेका छन् ।यसका लागि टुक्रिएर रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरुलाई एकताको दिशामा अगाडि वढ्न उनले आह्वान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता रामविलाश जोशीको स्मृतिमा भक्तपुरको मध्यपुर थिमिमा भएको रामविलाश जोशी स्मृति प्रतिष्ठान भवन उदघाटन तथा प्रतिमा अनावरण कार्यक्रमको आइतबार भक्तपुरमा उदघाटन गर्दै प्रचण्डले समाजवादको नयांँ यात्रा तय गर्न कम्युनिष्ट पार्टीहरुको एकता आवाश्यक भएको बताएका हुन् ।

केपी ओली नेतृत्वको नेकपा एमालेसँंगको एकता बचाउन नसक्नु दुःखद् भएको उनको भनाई थियो । तथापि भएको कमजोरीबाट सिकेर नयाँं चिराबाट एकताको दिशामा अगाडि वढ्नुपर्ने आवश्यकता उनले औंल्याए ।


  • सम्बन्धित विषय:

  • # 'ओलीसँग पार्टी ब्रेक हुनु दुःखद्' : प्रधानमन्त्री दाहाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend