कात्तिक ३ गते २०८३ || October 19, 2026

रवीन्द्र मिश्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा


शुक्रबार, असोज १४ २०७९११:२२

रवीन्द्र मिश्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का  वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन्। शुक्रबार औपचारिक उम्मेदवारी घोषणा गर्दै उनले आगामी निर्वाचनका लागि आफ्नो मूल एजेण्डा प्रस्तुत गरेका हुन्।

उनले संविधानले बाँधेर राखेको राजसंस्था पुनःस्थापित हुनुपर्ने मान्यता रहेको र यसरी चुनावमा जाँदा भोट नपाए पनि खुसीसाथ मतदातालाई धन्यवाद दिने बताए । राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले भने, “म गणतन्त्रवादी होइन, राजसंस्थावादी पनि होइन । म धर्मनिरपेक्षतावादी पनि होइन । म नेपालवादी हुँ । म नेपालवादी भएकै कारणले नेपालको हित गर्नका लागि यो देशमा कुनै न कुनै रुपमा संविधानले बाँधेर राजसंस्था पुनःस्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु । यही कुरा लिएर म मतदाता कहाँ जान्छु, भोट पाए पाउँछु । पाईन भनेदेखि खुशी साथ म धन्यवाद व्यक्त गर्छु । यसमा म प्रष्ट छु ।”

उनले गर्न नसकिने झुटा वचनबद्धता नजनाउने र मतदाताले एजेण्डाको बलमा सशक्त ढङ्गले विजयी गराउनुहुने विश्वास समेत  व्यक्त गरे। कार्यक्रममा बोल्दै राप्रपा पूर्वअध्यक्ष डा. प्रकाशचन्द लोहनीले देश र जनताका लागि केही गरौं भन्ने भावका साथ राजनीतिमा आएका मिश्रलाई आगामी निर्वाचनमा विजयी गराउन काठमाडौं क्षेत्र नम्बर १ का जनतालाई आग्रह गरे। अहिलेका ठूला दलका विकल्पमा आएको राप्रपा पार्टीलाई विजयी गराउनुपर्ने भनाइ उनले राखे ।


  • सम्बन्धित विषय:

  • # रवीन्द्र मिश्र
  • # राष्ट्रिय प्रजातन्त्र पार्टी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend