असोज ३० गते २०८३ || October 16, 2026

ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन


पिपल अनलाइन
आइतबार, असार १७ २०८००५:०१

ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

 काठमाडौँ - काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन निर्देशन दिएको छ ।

आइतबार महानगर प्रहरीको टोली बालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेर जग्गाभित्र रहेका संरचना हटाउन र थप कुनै पनि संरचना नवनाउन निर्देशन दिएको हो ।

सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

ललिता निवासको जग्गा रोक्का भइसकेको अवस्था र सम्बन्धीत निकायले अनुसन्धान अन्तिम अवस्थामा पुराइसकेकाले थप कुनै संरचना निर्माण हुन नदिन महानगरले निगरानी गरेको उनले बताए । उनले सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको पनि बताए ।

 


  • सम्बन्धित विषय:

  • # ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend