सिद्धार्थनगर - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले कांग्रेस सिध्याउने अधिकार कसैलाई नभएको बताएका छन्। कांग्रेस बनाउन हरेकको त्याग र समर्पणसँगै रगत प्रयोग भइरहेको भन्दै उनले कांग्रेसको बिऊँ बाँच्नुपर्ने धारणा राखेका हुन् ।
छत्रकोट रुपन्देही सम्पर्क समितिद्वारा बुटवलमा आयोजित बडादशैं, दीपावली, छठ, नेपालसम्बत लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उहाँले मंसिर ४ गते नेतृत्व छनोट गर्न र नेता छान्नेबेला जनताले प्रश्न गरेर मात्रै भोट हाल्नुपर्ने बताउनुभयो। कांग्रेस नेतृत्वलाई बेलैमा खबरदारी गर्न पार्टी कार्यकर्तालाइ समेत नेता भण्डारीले आग्रह गरे। त्यस्तै भण्डारीले अहिले समानुपातिकको नाममा चरम भागबण्डा र परिवारवाद लादिएको भन्दै त्यो स्वीकार्य नहुने बताए।