असोज ३० गते २०८३ || October 16, 2026

कोशीमा कांग्रेसका थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सत्ता गठबन्धनको निर्णय


पिपल अनलाइन
मंगलबार, असार १९ २०८००७:३५

कोशीमा कांग्रेसका थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ - सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने प्रस्ताव लैजाने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । 

बैठकले कोशी प्रदेशमा पनि केन्द्रमा रहेको गठबन्धनकै सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो । उनले बैठकमा राप्रपासमेत लिएर नयाँ सरकार गठनमा अघि बढ्ने विषयमा समेत छलफल भएको पनि बताए ।

बैठकमा कोशी प्रदेशको मुख्यमन्त्रीको विषयमा कांग्रेस र माओवादी केन्द्रको दाबी रहेकोमा ठूलो दलका हिसाबले कांग्रेस संसदीय दलका नेता थापालाई उम्मेदवार बनाउन सल्लाह दिएको पाण्डेले बताए ।

नेकपा एमालेका हिक्मत कार्की नेतृत्वको सरकार विश्वासको मत पाउन नसकेर ढलेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो बिहीवारसम्ममा नयाँ सरकार गठनको प्रस्ताव आह्वान गरेका छन् । कोशीको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # कोशीमा कांग्रेसका थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सत्ता गठबन्धनको निर्णय
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend