काठमाडौं - गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । नगरपालिका प्रमुख कृष्णबहादुर राना मगरका अनुसार हिजो रानाको निधन भएको हो ।
वडाध्यक्ष राना आफ्नै घरमा बेहोस अवस्थामा भेटिएपछि उनलाई गोरखा अस्पताल लगिएको थियो । घरमा एक्लै रहेका राना कुन बेलादेखि बेहोस थिए भन्ने थाहा नभएको र मृत्युको कारण अहिलेसम्म खुलेको छैन ।
राना वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा राना नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनका श्रीमती र एक छोरा रहेका छन्।