असोज ३० गते २०८३ || October 16, 2026

प्रतिनिधिसभा बैठक भोलि बस्दै, नेपाल विश्वविद्यालय विधेयक २०८० टेबुल हुने


पिपल अनलाइन
मंगलबार, असार १९ २०८००३:१३

प्रतिनिधिसभा बैठक भोलि बस्दै, नेपाल विश्वविद्यालय विधेयक २०८० टेबुल हुने

काठमाडौँ - संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक भोलि बस्दैछ । बुधबार दिउँसो ३ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिने संभावित कार्यसूची रहेको छ।

सोमबार राष्ट्रियसभाबाट सो विधेयक बहुमतले पारित भएको थियो । यस्तै बैठकमा कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

बैठकमा मुलु्की संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक भोलि बस्दै, नेपाल विश्वविद्यालय विधेयक २०८० टेबुल हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend