असोज ३० गते २०८३ || October 16, 2026

ललिता निवास जग्गा प्रकरण : तीन जनाको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नभ्याइनेमा


पिपल अनलाइन
मंगलबार, असार १९ २०८००४:१५

ललिता निवास जग्गा प्रकरण : तीन जनाको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नभ्याइनेमा

काठमाण्डौँ - ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीनजनालाई सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नभ्याइनेमा परेको छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त सुधिर कुमार साह, भाटभटेनीका मालिक मीनबहादुर गुरूङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरुलाई रिहा गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

मुद्दाको हदम्याद कटिसकेकाले आफूहरूलाई पक्राउ गर्न नमिल्ने उनीहरूको जिकिर छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजालसमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गत मंगलबार पक्राउ गरेको थियो।


  • सम्बन्धित विषय:

  • # ललिता निवास जग्गा प्रकरण : तीन जनाको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नभ्याइनेमा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend