असोज ३० गते २०८३ || October 16, 2026

प्रतिनिधिसभा बैठक बस्दै, मुलुकी संहिता सम्बन्धी विधेयक प्रस्तुत भई पारित गरिने


पिपल अनलाइन
बुधबार, असार २० २०८००७:१४

प्रतिनिधिसभा बैठक बस्दै, मुलुकी संहिता सम्बन्धी विधेयक प्रस्तुत भई पारित गरिने

 काठमाण्डौँ - प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वविधालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी केही नेपाल संसोधन गर्न बनेको विधेयक २०८० माथी दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् । 
साथै सो विधेयकमाथी छलफल भएपछि त्यसमा आएका संसोधनहरु निणार्याथ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक बस्दै, मुलुकी संहिता सम्बन्धी विधेयक प्रस्तुत भई पारित गरिने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend