असोज २९ गते २०८३ || October 15, 2026

बुढीगण्डी जलविद्युत आयोजना समयमै पुरा गर्ने प्रचण्डको घोषणा


शुक्रबार, कात्तिक ११ २०७९०७:०८

बुढीगण्डी जलविद्युत आयोजना समयमै पुरा गर्ने प्रचण्डको घोषणा

धादिङ - धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को सत्ता गठबन्धनका अगुवा कार्यकर्ता प्रशिक्षणमा सम्बोधन गर्न सल्यानटार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक विकासका लागि गेम चेन्जर मानिने बुढीगण्डी जलविद्युत आयोजना समयमै पुरा गरिने बताएका छन् ।

प्रशिक्षणका क्रममा प्रचण्डले जनयुद्ध र जनआन्दोलनको उपलब्धि संविधानको रक्षार्थ लोकतान्त्रिक गठबन्धन बनेको र आसन्न निर्वाचनमा साझा उम्मेदवारी खडा गरिएको बताउँदै गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्नै पर्ने बताउँदै मंसिर ४ पछि प्रतिगामीहरुलाई सल्वलाउन दिनु नहुने बताए ।

४२ करोडमा सल्यानटार खानेपानी आयोजनाको काम सुरुभएको यसलाई समयमै काम सम्पन्न गरिने, सल्यानटार सिंचाइको काम, सल्यानटारलाई शहरीकरण गर्ने कार्यहरु पनि समयमै सक्न आफु प्रतिबद्धता प्रचण्डले जनाए । सत्ता गठबन्धनले यस क्षेत्रमा संघमा रामनाथ अधिकारी र यसै क्षेत्रको प्रदेश १ मा गोविन्द लम्साल र २ मा जगत सिंखडालाई साझा उम्मेदवारको रुपमा अघि सारेको छ ।


  • सम्बन्धित विषय:

  • # अध्यक्ष प्रचण्ड
  • # चुनाब


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend