कात्तिक १ गते २०८३ || October 17, 2026

सत्ता गठबन्धनका उम्मेदवारहरुले हार्नु हुँदैन : राजेन्द्र पाण्डे 


शुक्रबार, कात्तिक ११ २०७९०७:२७

सत्ता गठबन्धनका उम्मेदवारहरुले हार्नु हुँदैन : राजेन्द्र पाण्डे 

धादिङ - धादिङ प्रतिनीधि सभा क्षेत्र नं. १ उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे र यसै क्षेत्रको प्रदेश २ का उम्मेदवार शालिकराम जमकट्टेलले धादिङमा सत्ता गठबन्धनका उम्मेदवारहरुले हार्न नहुने बताएका छन् ।

धादिङ प्रतिनीधि सभा क्षेत्र नं. १ अन्तरगत प्रदेश २ को बेनीघाट रोराङ, सिद्धलेक र गजुरी गरी फरक-फरक तीन ठाउँमा भएको गठबन्धन कार्यकर्ता प्रशिक्षणमा नेताद्वय पाण्डे र जमकट्टेलले संविधानको रक्षा र समृद्ध नेपाल निमार्णका लागि सत्ता गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने दावी गरेका हुन् ।

कार्यक्रममा नेताद्वयले सत्ता गठबन्धनको साझा उम्मेदवार साझा उम्मेदवार हो, जित्दा फलानो पार्टीले जित्ने नभई सत्ता गठबन्धनले जित्ने हो । हार्दा सत्ता गठबन्धनले हार्ने हो, यो जनताले बुझिसेकेको तर स्थानीय तहको चुनावको आवेग, कुण्ठा केहि कार्यकर्ताहरुमा अझै रहेको भन्दै नेताद्वयले विगत विर्सिएर भोलीबाटै नमुना मतपत्र बोकेर जनताकोमा जान निर्देशन गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # धादिङ
  • # राजेन्द्र प्रसाद पाण्डे
  • # शालिकराम जमकट्टेल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend