कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रियसभा बैठक आज पनि बस्दै, एमालेले अवरोध गर्ने 


पिपल अनलाइन
बिहीबार , असार २१ २०८००६:४६

राष्ट्रियसभा बैठक आज पनि बस्दै, एमालेले अवरोध गर्ने 

 काठमाडौँ - संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ । 

हिजो दिउँसो २ बजेर ३१ मिनेटमा बोलाइएको बैठक प्रमुख प्रतिपक्ष एमाले लगायतका दलले अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिले सार्वभौम संसदको अपमान भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै विरोध जारी राखेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका थिए । त्यसपछि ४ बजेर ४६ मिनेटमा बस्ने गरी बोलाइएको बैठक पनि सञ्चालन हुन नसकेपछि बैठक आजका लागि बोलाइएको हो ।

आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंह पटकपटक दिल्ली गएको प्रचण्डको भनाइको एमालेले चर्को विरोध गरेको छ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा बैठक आज पनि बस्दै, एमालेले अवरोध गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend