असोज ३० गते २०८३ || October 16, 2026

कांग्रेस जिल्ला सभापतिहरुको बैठक बस्दै 


पिपल अनलाइन
बिहीबार , असार २१ २०८००७:३६

कांग्रेस जिल्ला सभापतिहरुको बैठक बस्दै 

काठमाडौँ - नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक बस्दैछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बस्न लागेको हो । 

कांग्रेसले बैठकमा जिल्ला अन्तर्गतका प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली र सम्पर्क नम्बरसहित उपस्थित हुन पत्राचार गरिएको छ ।

यस्तै वडा तहदेखि जिल्ला सम्मेलन भए नभएको विवरण र योजना विषयसहित उपस्थित हुन बनेको छ । जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके जुममार्फत अन्तर्क्रियामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ ।

दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुने जनाइएको छ ।   


  • सम्बन्धित विषय:

  • # कांग्रेस जिल्ला सभापतिहरुको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend