असोज ३० गते २०८३ || October 16, 2026

बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने


पिपल अनलाइन
बिहीबार , असार २१ २०८००८:११

बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने

 हेटौंडा - बागमती प्रदेश सभा बैठक बस्दैछ। प्रदेश सभा भवन हेटौंडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

आर्थिक वर्ष २०८र०८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरुले प्रतिपक्ष दलहरुले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरु कार्यान्वयन गरेर अघि बढ्ने बताएपछि बैठक सुचारू भएको थियो ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा बिभेद गरेको भन्दै बजेट माथी छलपफल चलाउन दिएको थिएन तर बाग्मती प्रदेश सरकारले प्रतिपक्षका मागसमेत सुनवाइ गरेर अघि बढने प्रतिबद्धता जनाए पछि बुधवारबाट बैठक सुचारू भएको हो ।


  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्रको जवाफ मन्त्रीहरूले दिने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend