असोज ३० गते २०८३ || October 16, 2026

चर्चित क्लब एलओडीका सञ्चालकहरूविरुद्ध पक्राउ पुर्जी जारी


पिपल अनलाइन
बिहीबार , असार २१ २०८००१:३७

चर्चित क्लब एलओडीका सञ्चालकहरूविरुद्ध पक्राउ पुर्जी जारी

 काठमाडौँ - काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरूलाई नाबालिगलाई क्लबभित्र छिराएको आरोप लगाइएको छ । एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको घटनापछि उनीहरूलाएई केही दिनअघि पक्राउ पुर्जी जारी भएको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # चर्चित क्लब एलओडीका सञ्चालकहरूविरुद्ध पक्राउ पुर्जी जारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend