कात्तिक १ गते २०८३ || October 17, 2026

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने 


पिपल अनलाइन
शनिबार, असार २३ २०८००७:५१

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने 

काठमाण्डौँ - एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ ।

अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । तर परीक्षा रद्द भएका परीक्षार्थीहरु भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् । 

यस्तै नतिजा चित्त नबुझेका विद्यार्थीले साउन ५ गतेसम्ममा पुनर्योगको लागि निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend