कात्तिक १ गते २०८३ || October 17, 2026

मधेस प्रदेशमा सोमबार पनि सार्वजनिक विदा


आइतबार, कात्तिक १३ २०७९११:५९

मधेस प्रदेशमा सोमबार पनि सार्वजनिक विदा

काठमाडौं - मधेस प्रदेश सरकारले सोमबार पनि सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते भोली पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएको हो ।

संघीय सरकारले छठको मुख्य दिन अर्थात कात्तिक शुक्ल षष्ठीमा पर्ने ‘सझिया घाटे’को दिन मात्रै सार्वजनिक विदा दिने गरेको छ । तर सप्तमीको दिन बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै छठपर्व समापन हुने गर्दछ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी विज्ञप्तीमा लोक आस्थाको महापर्व छठ पर्वको शुभ उपलक्ष्यमा शुभकामना समेत दिइएको छ ।


  • सम्बन्धित विषय:

  • # मधेस प्रदेश
  • # सार्वजनिक विदा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend