असोज ३० गते २०८३ || October 16, 2026

समाजवादी मोर्चाको पहिलो बैठक आज ४ बजे बस्दै


पिपल अनलाइन
शनिबार, असार २३ २०८०११:४८

समाजवादी मोर्चाको पहिलो बैठक आज ४ बजे बस्दै

काठमाडौँ - समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा ९एकीकृत समाजवादी० का नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # समाजवादी मोर्चाको पहिलो बैठक आज ४ बजे बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend