असोज ३० गते २०८३ || October 16, 2026

डोटीमा घर भत्किँदा एक जनाको मृत्यु


पिपल अनलाइन
शनिबार, असार २३ २०८०१२:२४

डोटीमा घर भत्किँदा एक जनाको मृत्यु

 काठमाण्डौँ - डोटीमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका ५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो ।

प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए ।


  • सम्बन्धित विषय:

  • # डोटीमा घर भत्किँदा एक जनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend