असोज ३० गते २०८३ || October 16, 2026

'प्रत्यक्षमा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य' : निर्वाचन आयोग 


पिपल अनलाइन
शनिबार, असार २३ २०८०१२:३५

'प्रत्यक्षमा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य' : निर्वाचन आयोग 

काठमाण्डौँ - निर्वाचन आयोगले प्रत्यक्ष सांसद र वडाध्यक्षमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउनैपर्ने प्रस्ताव गरेको छ।

राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिला उम्मेदवार अत्यन्त न्यून उठाएपछि आयोगको बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत महिला प्रतिनिधित्व सुनिश्चित गर्न लागिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यका लागि पहिलो निर्वाचित हुने प्रणालीतर्फ कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार दिनुपर्ने।”

वडाध्यक्षमा पनि कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने आयोगको प्रस्ताव छ । ६ हजार ७४३ मध्ये १०० वडाध्यक्ष पनि निर्वाचित नभएपछि आयोगले यस्तो व्यवस्था गर्न लागेको हो ।

नगरपालिका प्रमुख वा उपप्रमुख र गाउँपालिका अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना महिला उठाउनैपर्ने प्रावधान छ । कुनै दलले प्रमुख वा उपप्रमुखमध्ये एक जना मात्रै उम्मेदवार दिंदा महिला नै उठाउनुपर्ने व्यवस्था गर्न लागिएको हो । अध्यक्ष र उपाध्यक्षमध्ये एउटा मात्रै उम्मेदवारी दिंदा पनि महिला नै उठाउनुपर्ने आयोगको निर्णय छ ।

 


  • सम्बन्धित विषय:

  • # 'प्रत्यक्षमा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य' : निर्वाचन आयोग
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend