कात्तिक ३ गते २०८३ || October 19, 2026

एकीकृत समाजवादीका ५ नेता पार्टीबाट निष्कासित


सोमबार, कात्तिक २१ २०७९०९:५७

एकीकृत समाजवादीका ५ नेता पार्टीबाट निष्कासित

काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका नेताहरुलाई  पार्टीबाट निष्काशन गरेको छ ।

पार्टी महासचिव डा. वेदुराम भुसालले आज १ विज्ञप्ति जारी गर्दै नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको उल्लेख गरेको छ।

जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका नेताहरुले पार्टीविरोधी गतिविधि गर्दै पार्टीविरुद्ध षड्यन्त्रमा संलग्न रहेकाले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • # एकीकृत समाजवादी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend