असोज ३० गते २०८३ || October 16, 2026

प्रचण्डको उमेदवारी रोक्न माग गर्दै सर्वोच्चमा रिट


सोमबार, कात्तिक २१ २०७९१०:४७

प्रचण्डको उमेदवारी रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उमेदवारी रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको छ ।मंसिर ४ मा हुने प्रतिनिधि सभाको उम्मेदवार हुन रोक्न आदेश माग गर्दै सर्वोच्चमा रिट परेको हो ।  

आइतबार रिट पेश भएको सर्वोच्च प्रशासनले जनाएको छ । अहिले सो रिटमा अध्ययन गरिरहेको सर्वोच्चको भनाइ छ । अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा प्रचण्डले १० वर्षसम्म चलेको द्धन्द्धमा ज्यान गुमाएकामध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएको र उहाँमाथि कर्तव्य ज्यानमा अनुसन्धान हुनुपर्ने भएकाले जनताको प्रतिनिधि हुन नमिल्ने जिकिर रिटमा गरिएको छ।

सर्वोच्च प्रशासनले भने निर्वाचनको नजिकै आएको उक्त रिट दर्ता गर्ने आधार नभेटिएको भन्दै दरपिठ गर्ने तयारी गरेको छ।


  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # नेकपा माओवादी केन्द्र
  • # सर्वोच्च


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend