असोज ३० गते २०८३ || October 16, 2026

काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ


पिपल अनलाइन
आइतबार, असार २४ २०८००३:५३

काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ

काठमाडौँ - नेपाल प्रहरीले श्रृखलाबद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै मोटरसाइकलको प्रयोग गरेर बिहानको समयमा मर्निङवाकमा हिँडिरहेका महिलाले लगाएको सुनको सिक्री लुटपाट गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

घटनाको अनुसन्धानका क्रममा काठमाडौंको बिभिन्न स्थानमा लुटपाट गर्न प्रयोग भएको मोटरसाइकलसहित रामेछाप घर भई हाँडिगाउ बस्ने रविन दमाई, धरान घर भइ चावाहिल बस्ने रवि विश्वकर्मा, काभ्रे घर भइ बानेश्वर बस्ने उमेश क्षेत्री, धनकुटा घर भइ राममन्दिर बस्ने राहुल माझी र भारत घर भइ न्युरोड बस्ने श्रकान्ता माइतीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

असार १ गते कपुरधारा, ग्रान्डी चोक, असार ३ गते नागार्जुन बुद्ध चोक, असार १३ गते टोखा बिष्णुमती, असार १९ गते टोखा कृष्ण मन्दिर र काठमाडौं बंगलामुखी मन्दिर, असार २० गते टोखा र चागलमा उनीहरूले सुनको सिक्री लुटपाट गरेको खुलेको र सिसिटिभि लगायतका माध्यमबाट अनुसन्धान पछि उनीहरूलाई पक्राउ गरिएको केसीले बताए ।


  • सम्बन्धित विषय:

  • # काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend