असोज ३० गते २०८३ || October 16, 2026

दोस्रो पटकको अल्टिमेटममा क्यानका महानिर्देशकले बल्ल बुझाए मन्त्रीलाई स्पष्टीकरण


पिपल अनलाइन
आइतबार, असार २४ २०८००३:५७

दोस्रो पटकको अल्टिमेटममा क्यानका महानिर्देशकले बल्ल बुझाए मन्त्रीलाई स्पष्टीकरण

काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई स्पष्टीकरण बुझाएका छन् ।

पहिलो अल्टिमेटममा अटेर गरेर नबुझाएका अधिकारीले दोश्रो पटकको अल्टिमेटममा भने बुझएका हुन् । यसअघि पहिलो पटक सात दिने स्पष्टीकरण सोधिएकोमा अधिकारीले जवाफ नदिँने भन्दै अटेर गरेका थिए ।

मन्त्री किरातीले दोस्रो पटक तीन दिनको समय दिएर स्पष्टीकरण माग गरेका थिए । मन्त्री किराँतीले अझै पनि अटेर गरे अधिकारीलाई कारबाहीको तयारी गरेका थिए ।

अधिकारीमाथि उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाही गरेको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्न नसकी कार्यक्षमता कमजोर देखिएको, २०७९र८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएकोमा प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यस नीतिविपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता तथा अभिव्यक्ति दिनेजस्ता काम गरेको आरोप लगाउँदै मन्त्री किराँतले स्पष्टीकरण सोधेका थिए ।


  • सम्बन्धित विषय:

  • # दोस्रो पटकको अल्टिमेटममा क्यानका महानिर्देशकले बल्ल बुझाए मन्त्रीलाई स्पष्टीकरण
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend