असोज ३० गते २०८३ || October 16, 2026

प्रतिनिधि सभाको बैठक आज बस्दै


पिपल अनलाइन
सोमबार, असार २५ २०८००६:५५

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ ।


एक कार्यक्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेलगायत राप्रपा र रास्वपाले गत बुधबारदेखि संसद् अवरोध गर्दै आइरहेको छ । आइतबार संसद्को अवरोध खुलाउनेबारे तीन दलबीच छलफल भएको थियो । सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसद्‍मा प्रष्टीकरण दिने सहमति बनेको थियो ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभाको बैठक आज बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend