कात्तिक १ गते २०८३ || October 17, 2026

धौलीगङ्गाको बाँध भोलि बिहान खोलिने, सतर्कता अपनाउन आग्रह


पिपल अनलाइन
सोमबार, असार २५ २०८००६:५८

धौलीगङ्गाको बाँध भोलि बिहान खोलिने, सतर्कता अपनाउन आग्रह

दार्चुला - भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध भोलि मङ्गलवार बिहान खोलिने भएको छ ।  भारतले भोलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म धौलीगङ्गाको बाँध झण्डै १५ घण्टाका लागि खोल्ने भएको हो । 

एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको जानकारी अनुसार सिल्ट सफाइका लागि बाँधका ढोकाहरु खोल्न लागिएको हो ।

बाँधको ढोका खोलिने भएपछि आइतवार हिजो जिल्ला प्रशासन कार्यालय दार्चुलाले विज्ञप्ति जारी गर्दै महाकाली नदी किनारका बस्तीहरुमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 


  • सम्बन्धित विषय:

  • # धौलीगङ्गाको बाँध भोलि बिहान खोलिने, सतर्कता अपनाउन आग्रह
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend