असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान


सोमबार, कात्तिक २१ २०७९१०:५५

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान गरेकी छन् । विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी सोमबार बेलुकी आइसल्याण्ड प्रस्थान गरेकी हुन् ।

उनिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले विदाइ गरेका छन् ।

डब्लूपीएलले भण्डारीलाई यो वर्षको डब्लूपीएल ट्राइलब्लेजर अवार्ड पनि प्रदान गर्ने छ । राष्ट्रपतिले ग्लोबल फोरममा अवार्ड ग्रहणसँगै आफ्नो मन्तव्य पनि राख्ने जनाइएको छ । १२ नोभेम्बरमा स्वदेश फर्कने राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि सहभागी छन् ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति विद्यादेवी भण्डारी
  • # आइसल्याण्ड


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend