असोज ३० गते २०८३ || October 16, 2026

कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दा न्यायाधीश माथेमाको इजलासमा


पिपल अनलाइन
सोमबार, असार २५ २०८०१२:१९

कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दा न्यायाधीश माथेमाको इजलासमा

 काठमाण्डौँ - कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ। प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको हो ।

आज मुद्दा २४ औँ क्रममा छ। यसअघि आइतबार उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएपनि समयअभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट निवेदन दर्ता गराएका थिए । रिटमा  प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरिएको छ । 


  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दा न्यायाधीश माथेमाको इजलासमा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend