कात्तिक १ गते २०८३ || October 17, 2026

'समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित हुनुपर्छ' : प्रधानमन्त्री दाहाल 


पिपल अनलाइन
सोमबार, असार २५ २०८०१२:५२

'समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित हुनुपर्छ' : प्रधानमन्त्री दाहाल 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरेका कारण समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने बताएका हुन् ।

उनले समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारकाविरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत श्रष्टाहरुको महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।


  • सम्बन्धित विषय:

  • # 'समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित हुनुपर्छ' : प्रधानमन्त्री दाहाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend