कात्तिक ३ गते २०८३ || October 19, 2026

भ्रष्टाचार र बेथिति नियन्त्रणका लागि डा. चन्द्र भण्डारीको जित महत्त्वपूर्ण : डा. गोविन्द केसी


बिहीबार , कात्तिक २४ २०७९१०:२७

भ्रष्टाचार र बेथिति नियन्त्रणका लागि डा. चन्द्र भण्डारीको जित महत्त्वपूर्ण  : डा. गोविन्द केसी
काठमाडौं - सत्याग्रही डा. गोविन्द केसीले गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभामा उम्मेदवार रहनु भएका डा. चन्द्र भण्डारी जितको शुभकामना व्यक्त गरेका छन्। काठमाडौँको माइतीघरमा बिहीबार बिहान भएको भेटघाटका क्रममा डा. केसीले मुलुकमा बढ्दै गएको भ्रष्टाचार र बेथिति नियन्त्रणका लागि डा. चन्द्र भण्डारीको जित महत्त्वपूर्ण रहेको बताएका छन् ।
 
डा. केसीले राष्ट्र, राष्ट्रियता र मुलुकको रूपान्तरणका लागि स्पष्ट दृष्टिकोण भएका युवा नेताहरूले निर्वाचन जित्नुपर्ने बताए । डा. केसीले भने, ‘‘तपाइमा देशमा केही गरौँ भन्ने तीव्र इच्छा देखेको छु, पार्टी राजनीति भन्दा माथि उठेर देशको हितमा लाग्न सक्ने तपाइ जस्ता युवा नेता प्रतिनिधि सभामा आउनुपर्छ ।’’ 
 
डा. केसीले गुल्मीका मतदाताले डा. चन्द्र भण्डारीको उचित मूल्याङ्कन गर्ने विश्वास समेत व्यक्त गरेका छन्। आफू कुनै राजनीतिक पार्टी र व्यक्तिको पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै डा. गोविन्द केसीले चन्द्र भण्डारी पार्टी राजनीति भन्दा माथि उठेर मुलुकको हितमा काम गर्ने व्यक्ति भएकाले मात्र आफूले शुभेच्छा व्यक्त गरेको समेत बताए।
 
डा.चन्द्र भण्डारीसँग मुलुकमा देखिएका बेथिति विरुद्ध लड्न सक्ने राष्ट्रियताको सवालमासमेत स्पट धारणा राख्न खुबी देखिको भन्दै डा. केसीले मुलुक रूपान्तरणको तीव्र चाहना र दृष्टिकोण आफूले अनुभव गरेकाले जितको शुभकामना व्यक्त गरेको बताए । 
 
नेपालमा चिकित्सा शिक्षाको सुधारका लागि १९ औँ पटक आमरण अनसन बसिसक्नु भएका सत्याग्रही डा. गोविन्द केसीलाई नेपालका महात्मा गान्धीको रुपमा हेर्ने गरिन्छ। डा. केसी सत्याग्रह, निरन्तरको संघर्ष र चिकित्सा शिक्षा सुधारमा चट्टानी अडानका कारण  नेपालमा पछिल्लो समय मेडिकल शिक्षामा देखिएको अस्वस्थ प्रतिस्पर्धा, व्यापारीकरण र बेथिति  सुधार उन्मुख छ ।
 


  • सम्बन्धित विषय:

  • # डा. गोविन्द केसी
  • # भ्रष्टाचार


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend