काठमाडौं - लोकदोहोरी क्षेत्रका चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच आज औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । आज काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।
सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए। बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।
शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भएपछि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।