असोज ३० गते २०८३ || October 16, 2026

कोशी विवादको मुद्दा मंगलबार पनि हेर्न नभ्याउने हुँदै स्थगित 


पिपल अनलाइन
मंगलबार, असार २६ २०८०१२:३९

कोशी विवादको मुद्दा मंगलबार पनि हेर्न नभ्याउने हुँदै स्थगित 

 काठमाडौँ - कोशी प्रदेश सरकार गठन विरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट मंगलबार पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा १४औं नम्बरमा रहेको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो । 

उक्त इजलासले एक थान मात्र मुद्दाको सुनुवाइ गर्दै अन्य मुद्दा हेर्न नभ्याउने सुचिमा राखेर स्थगीत गरिएको छ । उक्त मुद्दा आइतबार र सोमबार पनि पेसी तोकिने अनि हेर्न नभ्याउने हुँदै सर्दै आएको थियो । अब बुधबारलाई पेसी तोकिनेछ । 


  • सम्बन्धित विषय:

  • # कोशी विवादको मुद्दा मंगलबार पनि हेर्न नभ्याउने हुँदै स्थगित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend