कात्तिक १ गते २०८३ || October 17, 2026

खहरे खोलाको समस्या समाधान गर्ने नसके फेरि मत माग्न आउदिन : गगन थापा


शुक्रबार, कात्तिक २५ २०७९०९:३३

खहरे खोलाको समस्या समाधान गर्ने  नसके फेरि मत माग्न आउदिन : गगन थापा

काठमाडौँ - जिल्लाको क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले कपनस्थीत खहरे खोलाको समस्या दुई वर्षमा समाधान गर्ने दावी गरेका छन्। थापाले दुई बर्षमा खहरेको समस्या समाधान गर्न नसकेमा फेरि मत माग्न नआउने प्रतिबद्धता पनि जनाए।

कपनका घरदैलोका क्रममा ९३ बर्षिया बृद्धाले थापालाई टिका लगाइदिदै राम्रोसँग पढ्न र फस्ट भएर आउन आर्शिवाद दिएका थिए । निर्वाचनका लागि मत माग्न कपनस्थीत खहरे खोलाको बस्तीमा गएका बेला उनले खोलाको व्यवस्थापनका लागि आफ्नो प्रक्रिया अगाडि बढाई सकेकाले अबको दुई बर्षमा काम पुरा हुने जानकारी दिए । खहरे खोलाको छेउमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उनले भने, ‘दुई वर्ष भित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्को पटक तपाईंहरुको वीचमा मत माग्न आउँदैनौं ।

उनले खहरेको छेउमा रहेका घर अगाडिको फोहोरसँगै देशको फोहोर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन आग्रह  भने,। “मैले तपाईहरुको घर अगाडिको फोहोर मात्रै हैन, देशकै फोहोर सफा गर्ने अठोट गरेको छु, त्यसका लागि तपाईहरुको साथ अनिवार्य हुन्छ, मलाई रुख चिन्हमा मतदान गरेर त्यो अठोट पुरा गर्ने अवसर प्रदान गरिदिनुहुन अनुरोध छ,” उनले भने।

बुढानीलकण्ठ वडा नम्बर ११ र १२ हुँदै वडा नम्बर १० तिर बग्ने खहरे खोलाको छेउमा रहेको बस्तीमा सामान्य बर्षा भएका बेलामा पनि बाढी पस्ने गरेको छ । बाढीको समस्या समाधानका लागि आनी गुम्बामा १६ फिटको ‘बक्स कल्भर्ट’ बनाउन लागिएकोले त्यो निर्माण सम्पन्न भएपछि समस्या नहुने नेता थापाले जानकारी दिए।


  • सम्बन्धित विषय:

  • # गगन थापा
  • # उम्मेदवार


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend