कात्तिक १ गते २०८३ || October 17, 2026

आजको मौसम : मुलुकभर वर्षाको सम्भावना, केही स्थानमा हावाहुरी चल्ने


पिपल अनलाइन
बुधबार, असार २७ २०८००७:१४

आजको मौसम :  मुलुकभर वर्षाको सम्भावना, केही स्थानमा हावाहुरी चल्ने

काठमाडौँ - हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ  नेपाल नजिक अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका ‍थोरै स्थानहरुमामा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ(गर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावा(हुरीको पनि सम्भावना रहेको छ । राति भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : देशभर मुलुकभर वर्षाको सम्भावना, केही स्थानमा हावाहुरी चल्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend