कात्तिक २ गते २०८३ || October 18, 2026

मोटरसाइकल बोकेको भाडा तीस हजार रुपियाँ


पिपल अनलाइन
बुधबार, असार २७ २०८००८:४७

मोटरसाइकल बोकेको भाडा तीस हजार रुपियाँ

काठमाण्डौँ - सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपियाँ तिर्ने गरिएको छ। तीन घण्टाको बाटोमा  मोटरसाइकल बोकेर लैजाने गरिएको छ ।

मोटरसाइकल चालक नन्द सिंहले नेपालगन्जबाट सलीसल्ला हुँदै सर्केगाड गाउँपालिकाको स्याल्तडीसम्म गाडीमा मोटरसाइकल ल्याए । त्यस यताको करिब पाँच किलोमिटर क्षेत्रमा मानिसलाई बोकाएर मोटरसाइकल ल्याउनुपर्ने बाध्यता छ । 

उनले सुरुमा चालिस हजार रुपियाँबाट मोलमोलाइ सुरु भए पनि पछि तीस हजारमा मोटरसाइकल बोक्न मानिस तयार भएको बताए । सो क्षेत्रमा मोटरसाइकल बोकेर ल्याउन कम्तीमा चारदेखि छ जना मानिस आवश्यक पर्छ। सिमकोटमा गाडी तथा मोटरसाइकल सञ्चालनमा आएपछि पछिल्लो समय गाडी र मानिसलाई मोटरसाइकल बोकाएर जिल्लामा ल्याउने चलन बढेको छ।

यसरी मानिसलाई बोकाएर १५ वटाभन्दा बढी मोटरसाइकल सदरमुकाम सिमकोट ल्याइएको छ। सुरुमा यसरी मोटरसाइकल बोकाएर ल्याउने चालकले पचास हजारसम्म भाडा तिरेको बताइन्छ। छारेबाट सडक सञ्जाल जोडिएकाले त्यो मार्ग हुँदै सिमकोटसम्म मोटरसाइकल चलाएर नै ल्याउने गरिएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ । 
  


  • सम्बन्धित विषय:

  • # मोटरसाइकल बोकेको भाडा तीस हजार रुपियाँ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend