असोज ३० गते २०८३ || October 16, 2026

त्रिभुवन विश्वविद्यालयले मंसिर १ देखि ५ गतेसम्म बिदा दिने


शुक्रबार, कात्तिक २५ २०७९०९:३८

त्रिभुवन विश्वविद्यालयले मंसिर १ देखि ५ गतेसम्म बिदा दिने

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले आगामी मंसिर ४ गते हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ ।त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले एक सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको छ ।

अधिकांश क्याम्पस र कार्यालयहरुमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएको कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको जनाएको छ ।

बिदा दिने तोकिएको दिनहरुमा त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस तथा कार्यलयहरुमा पनि विदा हुनेछ ।


  • सम्बन्धित विषय:

  • # त्रिभुवन विश्वविद्यालय
  • # बिदा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend