कात्तिक २ गते २०८३ || October 18, 2026

श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा 


पिपल अनलाइन
बुधबार, असार २७ २०८०१२:२२

श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।
सीताको ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।
श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend