असोज ३० गते २०८३ || October 16, 2026

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश मल्लको इजलासमा


पिपल अनलाइन
बुधबार, असार २७ २०८०१२:२४

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश मल्लको इजलासमा

काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री उद्ववप्रसाद थापाको नियुक्तिविरूद्व परेको रिट आज न्यायाधीस सपना प्रधान मल्लको इजलासमा परेको छ ।

यसअघि लगातार तेस्रो पटक हेर्न नभ्याइनेमा परेको रिट आज चौथो पटक पेसी चढेको हो ।

मुख्यमन्त्री नियुक्तिमा सभामुख पनि सामेल भएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।


  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश मल्लको इजलासमा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend