कात्तिक २ गते २०८३ || October 18, 2026

आजको मौसम : देशभर अधिकांश स्थानमा भारी वर्षाको सम्भावना


पिपल अनलाइन
बिहीबार , असार २८ २०८००६:३३

आजको मौसम : देशभर अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

 काठमाडौँ - हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ नेपाल नजिक अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आँशिक देखि सामान्य बदली रहेको छ। कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका ‍थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : देशभर अधिकांश स्थानमा भारी वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend