असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रियसभाको बैठक बस्दै


पिपल अनलाइन
बिहीबार , असार २८ २०८००७:२७

राष्ट्रियसभाको बैठक बस्दै

काठमाण्डौँ - राष्ट्रियसभाको बैठक बस्दैछ ।  राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर १ मिनेटमा बस्ने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

यसअघि बुधबार बिहान ११ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रियसभा बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण स्थगित भएको थियो । 

बैठकमा खर्च कटौती सम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी, अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक(२०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत पनि गर्ने कार्यसूची छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend