कात्तिक १ गते २०८३ || October 17, 2026

एभरेजभन्दा बढी मतले जितेर सिंगो देशलाई नै सन्देश दिनेपर्ने छ : प्रचण्ड


शुक्रबार, कात्तिक २५ २०७९१०:१०

एभरेजभन्दा बढी मतले जितेर सिंगो देशलाई नै सन्देश दिनेपर्ने छ : प्रचण्ड

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा सरदरभन्दा बढी मतान्तरले जित्नपर्ने बताएका छन् ।  गोरखाले बलियो सन्देश दिएर सरकार बनाउन जानपर्ने प्रचण्डको भनाइ छ।

गोरखाको सिरानचोक–८ जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सामान्य मतले जितेर नपुग्ने बताउँदै उनले एभरेजभन्दा बढी मतले जितेर सिंगो देशलाई नै सन्देश दिनेपर्ने कुरामा जोड दिए। गोरखामा विकास निर्माणको काम गरेर सिंगो देशलाई नै देखाउने अभियानमा आफू रहेको प्रचण्डले बताए ।

प्रचण्डले कांग्रेस र माओवादी आमने सामने भएकै कारण मिलेको पनि बताए। विकास र गतिबीचको सम्बन्ध उल्लेख गर्दै प्रचण्डले कांग्रेस र माओवादी मिलेकै कारण संघीय गणतन्त्र स्थापना भएको उल्लेख गरे। आगामी मंसिर ४ गते जनमत संग्रह हुँदै गरेको पनि प्रचण्डको भनाइ छ ।


  • सम्बन्धित विषय:

  • # अध्यक्ष प्रचण्ड
  • # माओवादी केन्द्र


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend