असोज २९ गते २०८३ || October 15, 2026

मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आयोगको निर्देशन


शनिबार, कात्तिक २६ २०७९०५:२६

मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आयोगको निर्देशन

काठमाडौँ -  निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले सखुवानान्कारकट्टी गाउँपालिका सिराहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर नगरपालिकाका नगर प्रमुख तथा  प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वरप्रसाद यादवलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएकोमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ

नेपालको संविधानको धारा २४७ मा “यस संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ” भन्ने व्यवस्था छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ र ८ मा आयोगले निर्वाचनको कामको लागि स्थानीय सरकारको सहयोग लिन सक्ने र सो उपलब्ध गराउनु स्थानीय तहको कर्तव्य हुने भनी उल्लेख भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० को उपदफा (१) मा ‘आयोगले निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा कुनै निकाय वा पदाधिकारीलाई आवश्यक निर्देशन दिन सक्नेछ’ भन्ने व्यवस्था छ ।


  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • # मतदाता शिक्षा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend