कात्तिक २ गते २०८३ || October 18, 2026

सप्तकोशीमा ट्रक खस्दाँ ट्रक बेपत्ता, सवार तीनको सकुशल उद्धार


पिपल अनलाइन
शुक्रबार, असार २९ २०८०१२:२३

सप्तकोशीमा ट्रक खस्दाँ ट्रक बेपत्ता, सवार तीनको सकुशल उद्धार

काठमाण्डौँ - सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको  छ ।
नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्काउँदै ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक देख्न छाडिएको उनले बताए ।


  • सम्बन्धित विषय:

  • # सप्तकोशीमा ट्रक खस्दाँ ट्रक बेपत्ता, सवार तीनको सकुशल उद्धार
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend