असोज ३० गते २०८३ || October 16, 2026

नुहाउने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु


शनिबार, कात्तिक २६ २०७९०५:४५

नुहाउने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु

काठमाडौँ - तनहुँमा नुहाउने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ब्यास नगरपालिकास्थित मादी नदीमा नुहाउने क्रममा डुबेर सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १० का ६० वर्षीय झिलकबहादुर पौडेलको मृत्यु भएको हो ।

पौडेललाई नदीले बगाएर एक किलोमिटर तल पुर्याएको र तत्काल उद्धार गरी दमौली अस्पताल पठाइएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।

नायव उपरीक्षक खड्काकाअनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको  छ ।

 


  • सम्बन्धित विषय:

  • # तनहुँ
  • # शनिबार


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend