कात्तिक २ गते २०८३ || October 18, 2026

बुद्धको जहाजमा प्राविधिक समस्या, काठमाडौं विमानस्थलमै फर्काएर अवतरण 


पिपल अनलाइन
शुक्रबार, असार २९ २०८००२:५९

बुद्धको जहाजमा प्राविधिक समस्या, काठमाडौं विमानस्थलमै फर्काएर अवतरण 

काठमाडौँ - बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।

उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ । काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # बुद्धको जहाजमा प्राविधिक समस्या, काठमाडौं विमानस्थलमै फर्काएर अवतरण
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend