असोज ३० गते २०८३ || October 16, 2026

सरकारले ६ देशका लागि राजदूत सिफारिस गर्‍यो, कुन देशका लागि को ?


पिपल अनलाइन
शनिबार, असार ३० २०८०१२:२८

सरकारले ६ देशका लागि राजदूत सिफारिस गर्‍यो, कुन देशका लागि को ?

काठमाडौँ - सरकारले ६ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । यसअघि रिक्त रहेका ६ देशमा राजदूत नियुक्तिलाई लागि सिफारिस गरिएको हो ।

सिफारिसमा पर्नेहरूमा अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, युनाइटेड अरब इमिरेट्सको लागि तेजबहादुर क्षेत्री, कुवेतको लागि घनश्याम लल्साल, थाइल्यान्डको लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधिर भट्टराई र जेनेभास्थित स्थायी नियोगको लागि रामप्रसाद सुवेदी रहेका छन् ।


  • सम्बन्धित विषय:

  • # सरकारले ६ देशका लागि राजदूत सिफारिस गर्‍यो, कुन देशका लागि को ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend