असोज ३० गते २०८३ || October 16, 2026

गाँजाको प्रतिबन्ध हटाउन माग गर्दै प्रदर्शन 


पिपल अनलाइन
शनिबार, असार ३० २०८००१:१४

गाँजाको प्रतिबन्ध हटाउन माग गर्दै प्रदर्शन 

काठमाण्डौँ - गाँजाको प्रयोगमा लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै काठमाडौंको महाराजगञ्जमा प्रदर्शन गरिएको छ ।
गाँजा खुलाउने अभियानमा संलग्न व्यक्तिहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले गाँजाको प्रयोगमा लगाइएको प्रतिबन्धले किसानसँगै देशलाई नै घाटा भइरहेको तर्क गरेका छन् ।

नेपालमा ५० वर्षअघि आजकै दिन गाँजाको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । त्यतिवेला संयुक्त राष्ट्रसंघ र अमेरिकाको दवावमा प्रतिबन्ध लगाइएको थियो । अहिले अमेरिकामा पनि गाँजाको प्रयोग हुन थालेकाले नेपालमा प्रतिबन्ध लगाइराख्नुपर्ने आवश्यकता नभएका उनीहरूको भनाइ छ ।

 


  • सम्बन्धित विषय:

  • # गाँजाको प्रतिबन्ध हटाउन माग गर्दै प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend