कात्तिक १ गते २०८३ || October 17, 2026

जयनगर-जनकपुरको रेल्वे सेवा विस्तार, आजबाट थप १७ किमी बढी रेल गुड्ने


पिपल अनलाइन
आइतबार, असार ३१ २०८००९:०८

जयनगर-जनकपुरको रेल्वे सेवा विस्तार, आजबाट थप १७ किमी बढी रेल गुड्ने

 जनकपुर - नेपालको एक मात्र जनकपुर जयनगर रेल्वे सेवाले आफनो क्षेत्र विस्तार गरेको छ । जसअनुसार आजदेखि उक्त रेल आफनो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।

जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको उक्त रेल सेवाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्दैछन् । आइतवार बिहान साढे १० बजे महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उदघाटन गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री ज्वाला आज आउँदैछन् ।

यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो भने आजवाट थप १७ किलोमिटर थप भएपछि अब ५२ किलोमिटर यात्रा विस्तार भएको छ ।


  • सम्बन्धित विषय:

  • # जयनगर-जनकपुरको रेल्वे सेवा विस्तार, आजबाट थप १७ किमी बढी रेल गुड्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend